Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा एमालेको स्थायी कमिटी बैठकले नौ वटा विभाग गठन, ९ विभागमा को-को संयोजक ?

नेकपा एमालेको स्थायी कमिटी बैठकले नौ वटा विभाग गठन, ९ विभागमा को-को संयोजक ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७८ सोमवार • २०:२८:४६ बजे
  • 808
    SHARES
  • नेकपा एमालेको स्थायी कमिटी बैठकले नौ वटा विभाग गठन, ९ विभागमा को-को संयोजक ?

    पोखरा । नेकपा एमालेको स्थायी कमिटी बैठकले नौ वटा विभाग गठन गरेको छ। सोमबार ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा बसेको कमिटी बैठकले नौ वटा विभाग गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

    images

    उनले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै विभागसहित प्रमुखको नाम सार्वजनिक गरेका हुन्। एमाले पार्टीको नियमावलीमा २५ सदस्य राखेर विभाग गठन गर्न मिल्ने भए पनि अहिले थोरै सदस्य राखेको उनले बताए।

    विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग, सुवास नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग, विष्णु रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग गठन भएको उनले जानकारी दिए।

    ‘त्यस्तै, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रयोजन विभाग, केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभाग, राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नी खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग र देवेन्द्र कँडेलको नेतृत्वमा स्थानीय तह विभाग गठन गरिएको छ’, उनले भने।

    माधव नेपाल पक्षका लागि समेत विभागमा खाली ठाउँ राखिएको उनले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology