Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज कार्यभार सम्हाले

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज कार्यभार सम्हाले

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७८ सोमवार • २०:३४:५९ बजे
  • 1.5K
    SHARES
  • गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज कार्यभार सम्हाले

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त चौथो प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज कार्यभार सम्हालेका छन् ।

    images

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ गते गुरुङलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेकोमा सोमबार प्रदेश प्रमुख गुरुङले सहिद चोकमा रहेको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

    सरकारले गण्डकी प्रदेश प्रमुखमा सीता कुमारी पौडेललाई हटाएर गुरुङलाई प्रमुखमा नियुक्त गरेको थियो। उनलाई स्वागत गर्न गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लागत मन्त्री र उच्च पदस्थ कर्मचारी प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

    पदबहाली गर्ने क्रममा उनले संघीय लोकतन्त्रलाई संस्थागत गर्ने आफूहरूको प्रमुख दायित्व भएको बताए । उनले सबै मिलेर राष्ट्रलाई उन्नतीको दिशा तर्फ लैजानु पर्ने बताए ।

    स्वागत कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतान्त्रिक व्यवस्था ल्याउन दशकौँ देखि लडेको व्यक्ती प्रदेशले पाउदा खुशी लागेको बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology