Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सत्ता साझेदार दलको कार्यदल बैठक जारी

सत्ता साझेदार दलको कार्यदल बैठक जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७८ मंगलवार • ११:५०:५२ बजे
  • 2.7K
    SHARES
  • सत्ता साझेदार दलको कार्यदल बैठक जारी

    सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न सत्ता गठबन्धनका नेताहरुले गठन गरेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । 

    images

    सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजै टुंगो लगाउने तयारी अनुसार बैठकमा बसेको कार्यदलका एक नेताले जानकारी दिए । कार्यदलको बैठक सोमबार पनि बसेको थियो ।  बैठकपछि नेताहरुले न्यूनतम साझा कार्यक्रममा मिहीन ढंगले छलफल गरेको र अर्को बैठकबाट टुंगो लगाउने बताएका थिए ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology