Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार बम आक्रमण, चार जनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार बम आक्रमण, चार जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७८ बुधवार • ०८:००:२१ बजे
  • 763
    SHARES
  • अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार बम आक्रमण, चार जनाको मृत्यु

    एजेन्सी ।  मंगलवार राति अफगानिस्तानका रक्षामन्त्री बिसमिल्लाह खानको घरमा बन्धुकधारीहरुले आक्रमण गरेका छन्। मंगलवार राति भएको कार बम तथा गोली आक्रमणमा परी ४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

    images

    घटनाको समयमा रक्षामन्त्री खान घरमा नरहेको बताइएको छ। यसैगरी उनको परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको बताइएको छ। उक्त घटनामा परी मृत्यु हुनेहरु आक्रमणकारी हुन्।

    आक्रमणमा परी ११ जना घाइते भएको एएफपीले जनाएको छ। अफगानिस्तानका विभिन्न सहरमा यस्ता खाले आक्रमण भएको उल्लेख समाचारमा गरिएको छ। घटनामा तालिवानी फोर्स संलग्न रहेको अनुमान गरिएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology