Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानी प्रधानमन्त्रीको सरकारी भवन भाडामा दिइने

पाकिस्तानी प्रधानमन्त्रीको सरकारी भवन भाडामा दिइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७८ बुधवार • ११:१०:५४ बजे
  • 850
    SHARES
  • पाकिस्तानी प्रधानमन्त्रीको सरकारी भवन भाडामा दिइने

    एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारी निवासलाई भाडामा दिइने भएको छ । पाकिस्तानी मन्त्रिपरिषद बैठकको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको बुझिएको छ ।

    images

    यसलाई संस्कृति, फेसन र शिक्षाको कार्यक्रमका साथै अन्य इभेन्टका लागि मानिसहरुले भाडामा लिन सक्नेछन् । सन् २०१९ को अगस्तमा सत्तारुढ तहरीक–पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीई) को सरकार बन्दा प्रधानमन्त्री इमरान खानले सरकारी आवासलाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए । त्यसपछि इमरानले उक्त घर खाली गरेका थिए । अब विश्वविद्यालयको परियोजना छाडेर प्रधानमन्त्रीको आवासलाई भाडामा दिने निर्णय भएको छ ।

    प्रधानमन्त्री आवासका अडिटोरियम, दुई गेस्ट विङ्ग र एउटा चौरलाई भाडामा दिने तयारी गरिएको बताइएको छ । यसमा कूटनीतिक कार्यक्रम, अन्तर्राष्ट्रिय सेमिनार पनि आयोजना गर्न पाइनेछ । यसबाट सरकारले कमाइ गर्ने सोच राखेको छ । इमरान सत्तामा आएपछि ३ वर्षमा पाकिस्तानको अर्थतन्त्र १९ बिलियन अमेरिकी डलरसम्म खुम्चिएको छ ।

    इमरान प्रधानमन्त्री बनेपछि उनले देशको अर्थव्यवस्थालाई सही ठाउँमा ल्याउन सरकारी खर्चमा व्यापक कटौती गरेका छन् । यसका बावजुद देशको ऋण ४५ हजार अर्ब रुपैयाँ पुगिसकेको इण्डिया टुडेले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पाकिस्तानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology