Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सांसद वली पुन: माओवादी केन्द्रमा रुँदै भनिन् -‘ मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाइयो’

सांसद वली पुन: माओवादी केन्द्रमा रुँदै भनिन् -‘ मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाइयो’

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७८ बुधवार • १४:५३:३४ बजे
  • 3.3K
    SHARES
  • सांसद वली पुन: माओवादी केन्द्रमा रुँदै भनिन् -‘ मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाइयो’

    लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुन: नेकपा माओवादी केन्द्रमा फर्किएकी छन् ।

    images

    यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको  विज्ञप्तिहरु सार्वजनिक भएका थिए । तर उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचिवालयको संसदीय लदको कार्यलयमा उनी उपस्थित भएपछि पुन: फर्किएकी हुन् ।

    स्रोतका अनुसार उनले दलको कार्यालयमा उपस्थित भएर आफूलाई मुख्यमन्त्रीको कार्यलयमै राखिएकोले सम्पर्कबाहिर रहेको बताएकी छन् । उनी कार्यलयमा बिहान ११ बजे उपस्थित भएकी थिइन् ।

    ‘उनी हामीसामु रुनु पनि भयो । उनले मलाई मुख्यमन्त्रीको कार्यलयमा राखेकोले सम्पर्कमा रहन सकिन भनेर भनिन्’-  माओवादी संसदीय दलको कार्यालय स्रोतले भन्यो ।

    उनले आफूलाई मुख्यमन्त्रीको कार्यलयमा राखि बन्धक बनाएर नक्कली हस्ताक्षर गरी एमाले प्रवेश गरेको व्यहोरा सार्वजनिक गरेको पनि बताएको खुलेको छ ।

    उनले सरकारसँग आफ्नो जीवन रक्षाको पनि गरेकी छन् । उनले आजै पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्ने बताएकी छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology