Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्छ : नारायणकाजी श्रेष्ठ

दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्छ : नारायणकाजी श्रेष्ठ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७८ बुधवार • १५:०३:१४ बजे
  • 889
    SHARES
  • दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्छ : नारायणकाजी श्रेष्ठ

    पोखरा । राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताउदै दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गरेका छन ।

    images

    बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेता श्रेष्ठले भने ‘अहिलेसम्म आएका तथ्यहरुले के प्रष्ट गरेको छ भने यो एसएसबीले तुइन काटिदिएकै कारण जयसिंह धामी महाकालीमा बेपत्ता भएका हुन् । म यसप्रकारको अमानवीय उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछु । यसका निम्ति भारतले सार्वजनिक रुपमा नेपाल र नेपाली जनतासँग क्षमायाचना गर्न माग गर्दछु ।’

    त्यस्तै, उहाँले संसद विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताउनुभएको छ ।

    उहाँले भन्नुभएको छ, ‘मुलुकको यो बेहालका लागि त्यो प्रवृत्तिका बाहेक उहाँ मात्रै (केपी ओली मात्रै) जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा जिम्मेवार थिए ।’

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology