पोखरा । लामो समय देखी दिल्लीको अपोलो अस्पतालमा उपचारत रहेका एमाले नेता झलनाथ खनालको मिर्गौलाको सफल प्रत्यारोपण भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालको सचिवालयले बुधबार उनमा मिर्गौला प्रत्यारोपण भएको जानकारी दिएको हो ।
सचिवालयले भनेको छ, डा सन्दीप गुलेरियाको सर्जरी टिमले उहाँमा मृगौला प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको छ ।’
अब खनाल केहि समय अस्पतालमै रहि आराम गर्ने र स्वास्थ्य स्थिती सामान्य भए पश्चात नेपाल फर्किनु सचिवालयले जनाएको छ ।