Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिष्ठानलाई दुर्गेशको काउन्टर : ‘बहिष्कार’ शीर्षकमा गीत ल्याउँदै

प्रतिष्ठानलाई दुर्गेशको काउन्टर : ‘बहिष्कार’ शीर्षकमा गीत ल्याउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७८ बिहिवार • १०:४२:४२ बजे
  • 931
    SHARES
  • प्रतिष्ठानलाई दुर्गेशको काउन्टर : ‘बहिष्कार’ शीर्षकमा गीत ल्याउँदै

    गायक एवं मोडल दुर्गेश थापाले ‘बहिष्कार’ बोलको नयाँ गीत ल्याउने तयारी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्टर सार्वजनिक गर्दै ‘बहिष्कार’ शीर्षकमा गीत ल्याउने तयारी गरेको जानकारी दिएका छन्। ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ विवादमा तानिएपछि दुर्गेशले ‘बहिष्कार’ गीत ल्याउन लागेका हुन्।

    images

    दुर्गेशले केही दिनअघि ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ बोलको तीज सार्वजनिक गरेका थिए। सो गीत ल्याएसँगै उनी त्यसमा प्रयोग भएको शब्दहरुले तीज पर्व र महिलाहरुको अपमान गरेको आरोपसहित विवादमा तानिए। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गीतलाई लिएर दुर्गेशलाई बहिष्कारको निर्णय गर्यो। प्रतिष्ठानले बहिष्कारको निर्णय गरेसँगै दुर्गेशले ‘बहिष्कार’ शब्दलाई नै शिर्षक बनाएर गीत सार्वजनिक गर्ने तयारी गरेका हुन्।

    फेसबुकमा ‘बहिष्कार’ गीतको पोष्टर सार्वजनिक गर्दै दुर्गेश प्रतिष्ठानले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको गुनासो गरेका छन्। प्रतिष्ठानले जबरजस्त शब्दलाई अश्लिल परिभाषित गरेर अर्को शब्दकोष खडा गर्न लागेको समेत आरोप उनले लगाएका छन्।

  • सम्बन्धित विषय:

  • # बहिष्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology