Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीले केपी ओली पार्टीमार्फत् बयलगाढा चुनाव चिन्हमा निर्वाचन लड्छन् : मेटमणि चौधरी

ओलीले केपी ओली पार्टीमार्फत् बयलगाढा चुनाव चिन्हमा निर्वाचन लड्छन् : मेटमणि चौधरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७८ बिहिवार • १५:५३:०४ बजे
  • 943
    SHARES
  • ओलीले केपी ओली पार्टीमार्फत् बयलगाढा चुनाव चिन्हमा निर्वाचन लड्छन् : मेटमणि चौधरी

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता मेटमणि चौधरीले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकतावद्ध हुन नसकेको बताएका छन् । बिहीबार माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकको पूर्व सन्ध्यामा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता चौधरीले आफूहरु पार्टीलाई एकतावद्ध र व्यवस्थित बनाउने प्रयासमा रहेको तर ओलीले त्यसमा बाधा गरिरहेको आराेप लगाए।

    images

    उनका अनुसार बुद्द्नगरमा बस्न लागेको नेपाल पक्षको केन्द्रीय समितिको आजको बैठकमा एमालेलाई कसरी अघि लैजाने र व्यवस्थित गर्ने भन्नेबारेमा छलफल हुनेछ। यस्तै पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै नेता चौधरीले ओलीले पार्टी बिभाजनको घोषणा नगरेसम्म आफुहरु एमालेमै बसेर गतिबिधि गर्ने बताए । पार्टी विभाजन गरेर कलम चुनाव चिन्ह लिने तयारीमा नेपाल पक्ष रहेको भन्ने ओलीको आरोपबारे पत्रकारले गरेको प्रश्नमा भने नेता चौधरीले व्यंग्यात्मक प्रहार गरे ।

    हामीले होइन ओलीजीले नयाँ पार्टी खोल्नु हुन्छ,’चौधरीले भने, ‘उहाँले नेकपा (केपी ओली) पार्टी बनाएर बयलगाढा चुनाव चिन्ह लिएर निर्वाचनमा जानु हुन्छ।’ यस्ता, आजको बैठकबारे संक्षिप्त जानकारी दिंदै उनले भने, ‘नेता नेपालले धारणा राखेपछि कार्यदलका सदस्यले एकताका सम्बन्धमा अहिलेसम्म भएको प्रगतिबारे जानकारी दिने छन् ।

    त्यसपछि केन्द्रीय सदस्यहरुले बोल्ने कार्यक्रम रहेको छ। यद्यपि एमालेकै ओली पक्षका नेताहरुले भने आजको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकलाई अवैध भन्दै आपत्ति जनाएको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology