Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाइयो : विमला वली

मलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाइयो : विमला वली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७८ बिहिवार • १५:५४:५८ बजे
  • 949
    SHARES
  • मलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाइयो : विमला वली

    लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलासा गरेकी छन् ।

    images

    आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिइ निरन्तर दबाब दिइएको उनले बताइन् ।

    मैले इन्कारी जारी राखेँ, साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘यतिमात्र नभई अर्को दुई तीनवटा माइन्युट जस्ता रजिस्टरमा पनि जबर्जस्ती हस्ताक्षर गराइयो ।

    २० गते बिहान आफूलाई असह्य पीडा भएको र यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका छोपेर ट्वाइलेटको चप्पल लगाएर नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको पनि उनले बताइन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफू माओवादी केन्द्रमै रहेको  बताइन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # विमला वली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology