Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने तयारी भएको छ: मन्त्री भुसाल

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने तयारी भएको छ: मन्त्री भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७८ बिहिवार • १६:०७:५० बजे
  • 541
    SHARES
  • गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने तयारी भएको छ: मन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि भएका आधारभूत जनतालाई बिधुत उपभोगमा राहत दिने बताएकी छन । बिहीबार सिंहदरबारमा पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीहरुसँग छलफल गर्दै मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी भएको र छिटै निष्कर्षमा पुग्ने बताएकी हुन् ।

    images

    उनले घरेलु उपभोग बढाउनका लागि बढि युनिट खपत गर्नेलाइ महशुल कम गर्ने तयारी भएको पनि बताइन् । उनले एपी ग्यासको न्युनिकरण गरि बिधुत उपभोगलाई बढाउने नीति ल्याइने धारणा राखे । उनले सवै प्रदेशमा सञ्चित जलाशययुक्त बिधुत आयोजना निर्माणलाई प्राथमितामा राखिने उल्लेख बताइन् ।

    मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिंचाइ पु¥याउनका निम्ति पनि मन्त्रालय क्रियाशिल रहने बताइन् । उनले मन्त्रालयबाट यसअघि सुरु गर्न खोजिएका तर पुरा नभएका र सकारात्मक कामका बारेमा जानकारी र अनुभव लिने उदेश्यले पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीहरुसंग छलफल गरिएको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology