नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको पनि जिकिर गरेका छन ।
बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने उल्लेख गरे । ‘एकताकै लागि केपी ओलीकै मान्छेहरु पनि आएर मसँग बारम्बार छलफल गरिरहेका छन्’, नेपालले बैठकमा भने, ‘तर एकलौटी ढंगले केपी ओलीको एकलकाँटे कुरा रोकिएको छैन ।
यस्तै बैठकमा विवाद मिलाउन गठन भएको कार्यदलमा भएका प्रगतिबारे भीम रावलले ब्रिफिङ गरेका थिए । अहिले बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिरेका छन ।