Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली-प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु

ओली-प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७७ सोमवार • ०९:५२:२६ बजे
  • 916
    SHARES
  • ओली-प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भेटवार्तामा पार्टीमा देखिएको विवादका विषयमा छलफल हुनेछ ।
    गएको १३ गतेदेखि रोकिएको संवादहीनता हिजोदेखि तोडिएको थियो । आजको भेटवार्तामा पनि नेकपा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङसमेत सहभागी भएका स्रोतले जनाएको छ ।
    ओलीले अर्लिमहाधिवेशनमा जोड दिएका छन् भने प्रचण्डले अहिले देखिएको विवादको निकास ओलीले नै दिनुपर्ने बताउदै आएका छन् ।
    हिजो नेकपामा देखिएको विवाद अन्त्यका विभिन्न विकल्पमा छलफल भए पनि सहमति भने हुन सकेको थिएन ।
    पछिल्लो पटक साउन १३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेका थिए । ओलीले स्थगित गरेको बैठक पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology