Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा एमाले नेपाल समूहको बैठक आज पनि बस्दै

नेकपा एमाले नेपाल समूहको बैठक आज पनि बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७८ शुक्रवार • ०९:५५:१८ बजे
  • 931
    SHARES
  • नेकपा एमाले नेपाल समूहको बैठक आज पनि बस्दै

    नेकपा एमालेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा बैठक बस्न लागेको हो । आज विहान साढे ११ बजेबाट सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन ।

    images

    हिजोबाट सुरु भएको बैठकमा पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । बिहीबार बोल्ने अधिकांश सदस्यहरुले १० बुँदे सहमति एकताका लागि पर्याप्त नभएको बताएका थिए । बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए ।

    बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने बताएका थिए। नेताहरुले पार्टी एकताका लागि सम्मानजनक रुपमा शक्तिको बाँडफाँट हुनुपर्नेमा जोड दिएका थिए ।

    बैठकलाई सम्बोधन गर्दैै नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका थिए । त्यस क्रममा नेता माधवकुमार नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागिपर्ने बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology