प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
दुवै नेताहरुलाई सत्ता गठबन्धन कार्यदलले तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रम पनि बुझाउने छन् । कार्यदलले बिहीबार कार्यविधिको अन्तिम खाका तयार पारेको थियो । कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, संघीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ ।
कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा.मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छन् ।