Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मन्त्रीहरूले पालना गर्नुपर्ने आचार संहिता (पूर्णपाठ)

मन्त्रीहरूले पालना गर्नुपर्ने आचार संहिता (पूर्णपाठ)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७८ शुक्रवार • १२:३७:५८ बजे
  • 667
    SHARES
  • मन्त्रीहरूले पालना गर्नुपर्ने आचार संहिता (पूर्णपाठ)

    शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल मन्त्रीहरुले पालन गर्नुपर्ने आचार संहिता तयार भएको छ । सत्तारुढ गठबन्धनको कार्यदलले आचारसंंहिता तयार पारेको हो । उक्त आचारसंहितालाई शुक्रबार गठबन्धनको शीर्ष नेताहरुको बैठकमा पेस गरिने छ ।

    images

    आचारसंहितामा मुलुक र जनताको हितविपरीत कुनै पनि क्रियाकलापबाट अलग रहने पदीय मर्यादा, प्रतिष्ठ र जिम्मेवारीमा आँच पुग्नेगरी कसैसँग सम्बन्ध राख्न नपाइने उल्लेख छ ।

    मन्त्रीहरुको आचार संहितामा भनिएको छ,“पदीय जिम्मेवारी निर्वाह गर्दा व्यक्तिगत स्वार्थबाट प्रभावित भइ कुनै प्रकारको अनियमितता तथा भ्रष्टाचारजन्य कार्य गरी आय आर्जन गर्ने पाइने छैन ।”

    यस्तो छ मन्त्रीहरुले पालना गर्नुपर्ने आचार संहिता
    १) संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा आर्थिक, सामाजिक रुपान्तरणको मूल अभिभार पूरा गर्न अग्रसर हुनुपर्ने छ ।
    २) मन्त्रीले देश र जनताप्रति उत्तरदायी भइ निष्ठापूर्वक आफ्नो काम सम्पादन गर्नुपर्ने छ । साथै प्रधानमन्त्री र संघीय संसद्प्रति जबाफदेही हुनुपर्ने छ ।
    ३) संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमप्रति पूर्ण प्रतिबद्ध हुँदै कार्यान्वयनका लागि निष्पक्ष र सक्रियतापूर्वक गर्नुपर्ने छ ।
    ४) पदमा बहाली हँदा र पदमुक्त हुँदा कानुनबमोजिम आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने छ ।
    ५) सरकार सञ्चालनका सम्बन्धमा प्रधानमन्त्रीको निर्देशन पालना गर्ने तथा प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने छ ।
    ६) पदको गरिमालाई कायम राख्दै कानुनबमोजिम आफ्नो कर्तव्यको निर्वाह गर्नुपर्ने छ ।
    ७) स्वाच्छ आचरण र उच्च नैतिकता कायम गर्दै कुनै प्रलोभन एवम् दवावमा नपरी आफ्नो पदीय जिम्मेवारी इमान्दारीताका साथ गर्नुपर्ने छ ।
    ८) पद र अख्तियारीको दुरुपयोग गर्ने वा कुनै पनि अनुचित र गैरकानुनी सुविधा उपलब्ध गर्न गराउन पाइने छैन ।
    ९) मन्त्रिपरिषद्को गोपनीयता कायम गर्दै अनुशासन र शिष्टाचारको पूर्णरुपमा पलना गर्नुपर्ने छ ।
    १०) पदीय जिम्मेवारी निर्वाह गर्दा व्यक्तिगत स्वार्थबाट प्रेरित भइ अनियमितता तथा भ्रष्टाचारजन्य कार्य गर्न पाइने छैन ।
    ११) मन्त्रीहरुले सादा जीवन र कडा परिश्रमको नीतिप्रति प्रतिबद्ध रहँदै मितव्ययिता अपनाउनुपर्ने छ ।
    १२) मुलुक र जनताको हितविपरीत कुनै पनि क्रियाकलापमा संलग्न हुन पाइने छैन । पदीय मर्यादा, प्रतिष्ठा र जिम्मेवारीमा आँच पुग्नेगरी कसैसँग सम्बन्ध राख्न पाइने छैन ।
    १३) आफ्नो पदीय हैसियतबाट गरिने कुनैपनि मनोनयन र नियुक्ति निष्पक्ष, स्वतन्त्र तथा समावेशी ढंगले गर्नुपर्ने छ ।
    १४) आचार संहिताविपरीत कार्य गरेको पाइएमा प्रधानमन्त्रीले पदमुक्त गर्ने छ । यसका लागि प्रधानमन्त्रीले सम्बन्धित दलसँग आवश्यकताअनुसार परामर्श गर्न सक्ने छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology