Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पालिका उपाध्यक्षको ससुरा मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय

पालिका उपाध्यक्षको ससुरा मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७८ शुक्रवार • १५:४२:१० बजे
  • 1.1K
    SHARES
  • पालिका उपाध्यक्षको ससुरा मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय

    तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकाले पालिका उपाध्यक्षका ससुराको मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको छ । पालिका उपाध्यक्षका ससुराको निधन भएकाले एक दिनका लागि शोक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जनाएका छन् ।

    images

    पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराबुबा कृष्णप्रसाद गौतमको विहीबार राति ११ : ४० मा निधन भएको थियो । गाउँपालिकाले शुक्रबार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘यस शोकको घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शुक्रबारका दिन यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु (स्वास्थ्य संस्थाबाहेक) मा शोक विदा दिने निर्णय भएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।

  • सम्बन्धित विषय:

  • # पालिका उपाध्यक्ष
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology