Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झन्झन् फस्दै राज कुन्द्रा, ४ पूर्व कर्मचारीले दिए यस्तो बयान

झन्झन् फस्दै राज कुन्द्रा, ४ पूर्व कर्मचारीले दिए यस्तो बयान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७८ शनिवार • १०:४६:२६ बजे
  • 1.3K
    SHARES
  • झन्झन् फस्दै राज कुन्द्रा, ४ पूर्व कर्मचारीले दिए यस्तो बयान

    एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा भारतीय व्यवसायी राज कुन्द्राको ‘अश्लिल फिल्म प्रकरण’ झनै रहस्यमय बन्दै गएको छ। पोनोग्राफी प्रकरणमा राज कुन्द्राको विरुद्धमा उनकै भियान कम्पनीका पूर्व कर्मचारीले बयान दिएपछि उनी झन् मुश्किलमा परेका छन्।

    images

    पर्व कर्मचारीहरुको बयान दिएपछि राज कुन्द्रा झनै समस्यामा पर्ने देखिएको छ। इन्डिया टुडेको रिपोर्टका अनुसार मुम्बई प्रहरीको अपराध शाखाले राज कुन्द्राविरुद्ध प्रमाणसहितको बयान रेकर्ड गरेको छ। राजको कम्पनीका पूर्व कर्मचारीहरु भियान कम्पनीको विषयमा धेरै कुराका ज्ञाता थिए। उक्त चार जनाले दिएको बयानपछि अपराध शाखालाई अनुसन्धानमा थप सहयोग मिल्नेछ। राज कुन्द्राको विरोधमा पहिलो बयान दिने चार्टर्ड अकाउन्टेन्ट हुन्।

    चार्टर्ड अकाउन्टेन्टले ब्यालेन्स सिटसँग जोडिएका सबै जानकारी दिए। पैसा लेनदेनको सबै जानकारी विस्तारै बाहिर आएको छ। साथै, दोस्रो बयान फाइनान्स अफिसर हुन्। उनले मन्त्री ट्रायल्सका सबै जानकारी दिए। साथै, अरु दुई जना टेक्निकल फिल्डका कर्मचारी हुन्। यी दुईले प्रहरीलाई टेक्निकल सपोर्ट, एपको म्यानेजमेन्ट, डाटा डिलिट र अन्य टेक्निकल इस्यूहरुको बारेमा जानकारी दिएका छन्।

  • सम्बन्धित विषय:

  • # राज कुन्द्रा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology