Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खसीको मासु भनेर बाख्रीको मासु बेच्ने ४ जना पक्राउ

खसीको मासु भनेर बाख्रीको मासु बेच्ने ४ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७८ शनिवार • १०:५१:२७ बजे
  • 880
    SHARES
  • खसीको मासु भनेर बाख्रीको मासु बेच्ने ४ जना पक्राउ

    प्रहरीले खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ। कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज शनिबार बिहान पाँच बजे कलंकीको खसी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

    images

    पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन्।

    उनीहरुले बाख्रीको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ।

  • सम्बन्धित विषय:

  • # खसीको मासु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology