म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा न. ४ बरंजाका अध्यक्ष ओम बहादुर रोका (रवि) को निधन भएको छ । रोकालाई अस्पताल लैजाने क्रममा आज बाटो मै निधन भएको हो ।
बिगत केही समय देखी रोका कलेजो, मृगौला, उच्च रक्तचाप र रगतै बान्ता गर्ने समस्याबाट ग्रसित थिए । उनले केही समय पहिले पोखरा स्थित मनिपाल अस्पतालमा उपचार गराएर घर फर्किएका थिए । उनले नियमित औषधिसमेत प्रयोग गर्दै आईरहेका कार्यलय सहयोगी थमन रोकाले मयूरपाटी लाई जानकारी दिए ।
नेकपा माओवादी बाट अध्यक्षमा निर्वाचित भएर रोकाले कार्यभार समाल्दै आईरहेका थिए । उनको श्रीमति र एक छोरा छन । एक छोराको गत बर्ष निधन भएको थियो । उनको शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ ।