Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली र दाहालबीच चारघण्टे छलफल निष्कर्ष विहीन

ओली र दाहालबीच चारघण्टे छलफल निष्कर्ष विहीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७७ सोमवार • १०:०५:४३ बजे
  • 1.8K
    SHARES
  • ओली र दाहालबीच चारघण्टे छलफल निष्कर्ष विहीन
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झाउन प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच तीन घण्टा भएको छलफल सचिवालय बैठक पहिला गर्ने कि स्थायी कमिटी बैठकबाट समाधान खोज्ने भन्ने विषयमा कुरा नमिल्दा बिनानिष्कर्ष टुंगिएको छ ।
    वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङसहित चार नेताबीच भएको छलफलमा समाधानको कुनै बाटो निस्कन नसकेको स्रोतले बतायो । यसअघि छलफलमा सहभागी हुँदै आएका महासचिव विष्णु पौडेल आइतबार भने सहभागी थिएनन् ।
    आइतबारको छलफलमा ओलीले सुुरुको आधा घण्टा नेताहरुलाई गालीमात्र गरे त्यसपछि उनले स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठकबाट सबै विषयको टुंगो लगाउनुपर्नेमा जोड दिए । दाहाल र खनालले भने स्थायी कमिटी बैठक बसेर विवाद समाधान गर्नुपर्नेमा जोड दिए । ‘सुरुमा ओलीले १३ गते बसेको बैठक, बैठक नभएको र गुटगत भेला भएको दाबी गरेका थिए । त्यसपछि दाहालले तपाईं एक्लै विधिविपरीत चल्ने, पार्टीको स्थायी कमिटी बैठक एकपक्षीय ढंगले रोक्ने अनि बहुमत सदस्य सहभागी बैठकलाई गुटको भेला भन्ने, यो तपाईंको अहंकारी स्वभाव भयो, कहिलेकाहीं साथीहरुको कुरा पनि सुन्नुस्, यत्रो पार्टी निर्माण भएको छ, तपाईं एक्लै चल्ने हो भने त्यही अनुसारको विधि र पद्धति बनाऔं भनेका थिए’, छलफलमा सहभागी एक नेताले भने ।
    ती नेताका अनुसार स्थायी कमिटी बैठकमा सहमति बनाएर जानुपर्ने ओलीको प्रस्ताव थियो । ‘असहमतिबीच बसेको १३ गतेको बैठकलाई ‘बैठक’ भन्ने कि ‘भेला’ भन्नेबारे चार नेताबीच विवाद भएको छ, जसले गर्दा खासै उपलब्धिमूलक छलफल भएको छैन’, स्रोतले भन्यो ।
    ‘तीन घण्टासम्म छलफल गरियो तर कुरा उही छ’, दाहाल निकट स्रोतले भन्यो, ‘आजको छलफलले संवादहीनता मात्रै तोडिएको हो । पहिलापहिला महासचिव विष्णु पौडेल सहभागी हुन्थे । अहिले झलनाथ खनाल सहभागी भएका छन् । निष्कर्ष भने आउने अवस्था छैन । दुवै पक्षका आआफ्नै अडान कायम छन् ।’ उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology