Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेको आज बस्ने तय भएको केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सर्यो

एमालेको आज बस्ने तय भएको केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सर्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७८ आइतवार • १०:०८:१३ बजे
  • 703
    SHARES
  • एमालेको आज बस्ने तय भएको केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सर्यो

    नेकपा एमालेको आज बस्ने तय भएको केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सरेको छ । अध्यक्ष केपी ओलीद्वारा विधान अधिवेशनको तयारीका लागि भन्दै आज बिहान ११ बजेका लागि डाकिएको बैठक सोमबार अपराह्न ३ बजे बस्ने भएको हो । यो बैठक नेकपा एमालेभित्रको केपी ओली र माधव नेपाल दुबै पक्षका लागि निर्णायक मानिएको छ ।

    images

    यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने ओली पक्षको आजको बैठकका आधारमा आफ्ना निर्णय अघि बढाउने संकेत दिएको थियो । ओली पक्षको आजको बैठकपछि नै नयाँ निर्णय गर्ने माधव पक्षका नेताहरुले बताएका थिए । यद्यपि नेपाल पक्षले ओली पक्षलाई बैठक बोलाउन र अधिवेशनका लागि विभिन्न गतिविधि गरेकोमा आपत्ति जनाउँदै त्यस्तो नगर्न चेतावनी दिएको थियो । त्यस्तै अध्यक्ष केपी ओली पक्षले पनि नेपाल पक्षलाई बैठक तथा पार्टीगत गतिविधि नगर्न चेतावनी दिँदैआएको छ।

    नेपाल समूको बैठकलाई अनाधिकृत भन्दै त्यस्ता गतिविधि गरेमा कारवाही गर्ने चेतावनी समेत दिएको थियो । नेपाल समूहले पनि अध्यक्ष ओली पक्षको आजको बैठकपछि नै आफूहरुले नयाँ निर्णय गर्ने भन्दै यसलाई ुडेडलाइनु बैठकको रुपमा लिएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology