Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

स्थानीय तहलाई प्रदेश मातहत ल्याउने विषय मस्यौदाबाट पछि हट्यो गठबन्धन

स्थानीय तहलाई प्रदेश मातहत ल्याउने विषय मस्यौदाबाट पछि हट्यो गठबन्धन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७८ आइतवार • १३:३९:५३ बजे
  • 634
    SHARES
  • स्थानीय तहलाई प्रदेश मातहत ल्याउने विषय मस्यौदाबाट पछि हट्यो गठबन्धन

    सत्तारुढ गठबन्धनको सात सदस्यीय कार्यदलले स्थानीय तहलाई प्रदेश मातहत ल्याउने विषय मस्यौदाबाट हटाइएको छ । कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रम तयार पार्दा राखेको उक्त प्रस्तावप्रति विरोध भएपछि हटाइएको हो ।

    images

    उक्त प्रस्ताव संविधानको प्रावधानविपरीत समेत भएको भन्दै आलोचना भएको थियो । कार्यदलका एक सदस्यका अनुसार गठबन्धनका शीर्ष नेतालाई बुझाएको कार्यदलको प्रतिवेदनमा उक्त बुँदा हटाइएको छ । कार्यदलले बनाएको प्रतिवेदनको ४ नम्बर बुँदामा ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन उल्लेख थियो ।

    नेपाली काँग्रेसका महामन्त्री समेत रहेका पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलले तयार पारेको मस्यौदा आज अपरान्ह सार्वजनिक हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology