Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निजी जमिन सरकारीकरण गरौं :वामदेव गौतम

निजी जमिन सरकारीकरण गरौं :वामदेव गौतम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७८ आइतवार • १५:५४:४० बजे
  • 2.1K
    SHARES
  • निजी जमिन सरकारीकरण गरौं :वामदेव गौतम

    नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले निजी जमिनलाई सरकारी गर्न प्रस्ताव गरेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै गौतमले निजी स्वामित्वको जमिन हुँदासमम सुकुम्बासी र भूमि सम्बन्धी समस्या समाधान नहुने बताए । भूमि सम्बन्धी समस्या समधान गर्न सबै निजी जमिन सरकारी स्वामित्वमा ल्याउनुपर्ने उनको प्रस्ताव छ ।

    images

    जमिनमाथि व्यक्तिगत स्वामित्व भएसम्म यो समस्या समधान हुँदैन्,’ उनले भने, ‘सरकारले सबै जमिन चलनचल्तीको मुल्य दिएर किनोस् । हामीले पहिले नै गल्ती गर्‍यौं र त्यो व्यक्तिगत स्वामित्वमा गयो । अब फेरि सबै सरकारको स्वामित्व ल्याउने काम गरौं ।’ नेपालमा कुल २६ लाख हेक्टर जमिन भएको र २० लाख सुकुम्बासी भएको उनको भनाई छ ।

    गौतमले जमिन बाँडेर यो समस्या समाधान नहुने दावी गरे । ‘हामीले संविधान अनुसार गर्न सकेनौं,’ उनले भने भूमि आयोगले विघटन गर्दा आन्दोलनको कुरा चलेको र फेरि गठन गर्ने कुरा उठेको भन्दै गौतमले त्यसबाट समस्या नै समाधान नहुने जिकिर गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # वामदेव गौतम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology