Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गठबन्धन सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रम [पूर्णपाठ]

गठबन्धन सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रम [पूर्णपाठ]

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७८ आइतवार • १८:००:३९ बजे
  • 766
    SHARES
  • गठबन्धन सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रम [पूर्णपाठ]

     संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित कार्यक्रममा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सो प्रतिवेदन सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिए लगत्तै सो प्रतिवेदन तयार गर्न गठित कार्यदलका संयोजक पूर्बहादुर खड्काले वाचन गरेर सुनाएका हन । गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका नेताहरु रहेको कार्यदलले शुक्रबार शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको थियो कार्यदलमा खड्का अतिरिक्त कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट बर्षमान पुन र देव गुरुङ तथा जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य थिए ।

    images

    यस्तै सरकारले सरकारले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने भएको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले यस्तो घोषणा गरेका हुन् । ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरूसँगको समाधान हुन बाँकी सीमा समस्याहरु कूटनीतिक माध्यममार्फत समाधान गर्ने । सीमा क्षेत्रमा सुरक्षाका लागि सीमा चौकी बीओपीहरु वृद्धि गर्ने’, उनले भने । राष्ट्रिय सुरक्षा नीति देश र जनताको हित हुनेगरी आवश्यक परिमार्जन गरिने उनको भनाई छ ।

    यस्तै सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने भएको छ । सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने उल्लेख गरिएको छ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा यस्तो उल्लेख छ । यस्तै रकारले संघीयता कार्यान्वयनका लागि तीन तहका सरकारको क्षेत्राधिकार र अन्तर सम्बन्धलाई संविधान बमोजिम कार्यान्वयन गर्ने जनाएको छ ।

    प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका मन्त्रालय मातहतका निकायहरु हस्तान्तरण गर्ने सरकार सञ्चालनका लागि कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा संविधान बमोजिम उल्लेख गरिएको छ । संघीय सरकारबाट स्थानीय तह र प्रदेश सरकारलाई हस्तान्तरण हुँदै आएको रकम वृद्धि गरी न्यायोचित वितरण गर्ने तथा आवश्यक स्रोत साधन तत्काल व्यवस्था गर्ने कार्यक्रममा उल्लेख गरिएको छ । सार्वजनिक कार्यक्रममा प्रदेशसँगको समन्वयमा प्रदेश प्रहरी समायोजनको काम यथाशीघ्र सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

    यसैगरी प्रदेश र स्थानीय तहलाई संविधान बमोजिम अधिकार सम्पन्न बनाउन आवश्यक कार्य गर्ने उल्लेख गरिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यक्रमा गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology