Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधव समूहले बैठक रोक्न गरेको माग ओली समूहले टेरेन,ओलीसँगअलग हुने तयारी

माधव समूहले बैठक रोक्न गरेको माग ओली समूहले टेरेन,ओलीसँगअलग हुने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७८ सोमवार • ०९:४२:५० बजे
  • 727
    SHARES
  • माधव समूहले बैठक रोक्न गरेको माग ओली समूहले टेरेन,ओलीसँगअलग हुने तयारी

    नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक रोक्न माग पनि ओली समूहले टेरेन। यसअघि नेपाल पक्षले पार्टीमा एकतर्फीरुपमा भइरहेको सबै गतिविधिहरु रोक्न माग गरेको थियो। पार्टी विवाद समाधानका लागि नेपाल समूहले आजको बैठक पनि रोकन माग गरेको थियो।

    images

    सोमबार स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। स्थायी कमिटी बैठक सकिएपछि दिउँसो तीन बजे केन्द्रीय कमिटी बैठक बस्दैछ। दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको छ।

    पार्टी एकताका लागि माधव नेपालले ओलीसँग अन्तिम मौका रहेको बताउँदै आएका छन्। यदि ओलीले संसद विघटन गलत हो भनेर आत्मआलोचना गर्दै माफी मागेमा र पार्टीमा भइरहेको गतिविधिहरु तत्काल रोकेमा एमाले एकता हुने बताएका थिए। यदि त्यसो नभए ओलीसँगअलग हुने नेपालले जानकारी दिएका थिए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology