Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ठमेलमा पौडेल पक्षको जिल्ला सभापति भेला : ४७ जना सहभागी

ठमेलमा पौडेल पक्षको जिल्ला सभापति भेला : ४७ जना सहभागी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७८ सोमवार • १३:४९:४४ बजे
  • 592
    SHARES
  • ठमेलमा पौडेल पक्षको जिल्ला सभापति भेला : ४७ जना सहभागी

    पोखरा । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको जिल्ला सभापति भेलामा बहुमत संख्यामा जिल्ला सभापतिहरू सहभागी भएका छन् । ठमेलमा जारी भेलामा जिल्ला सभापतिहरूको बहुमत संख्या पुगेको हो । 

    images

    कांग्रेसको आसन्न महाधिवेशका कारण पार्टीमा तीव्र ध्रुवीकरण भइरहेको छ । संस्थापन पक्षले समयमा महाधिवेशन गराउन नचाहेको भन्दै संस्थापन इतरका वरिष्ठ नेता पौडेल समूहले जिल्ला सभापतिहरूको भेला बोलाएको हो । 

    कांग्रेसको १४ औँ महाधिवेशनको मिति घोषणा भइसकेको तर हुने अवस्था नदेखिएपछि परिस्थितिअनुसार आफ्नो रणनीति बनाउन पौडेल पक्षले जिल्ला सभापति भेला बोलाएको हो । पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेलामा ४७ जिल्लाका सभापतिहरू सहभागी भएका छन् ।

    भेलामा सहभागी एक सभापतिका अनुसार जिल्ला सभापति भेलामा भौतिक रुपमा ३५ जिल्लाका सभापतिहरू उपस्थित भएका छन् । १२ जिल्लाका सभापतिले भने अनलाइनमार्फत भर्चुअल उपस्थिति जनाएका छन् । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology