Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भूमिसम्बन्धी आयोग खारेजीको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

भूमिसम्बन्धी आयोग खारेजीको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७८ सोमवार • १५:४५:२७ बजे
  • 367
    SHARES
  • भूमिसम्बन्धी आयोग खारेजीको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

    पोखरा ।सर्वोच्च अदालतले भूमिसम्बन्धी आयोग खारेजीको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    images

    सोमबार न्यायाधीश ईश्वरी प्रसाद खतिवडाको एकल इजलासले छलफलका लागि दुबै पक्षलाई भदौ १ गते बोलाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साता देवी ज्ञवाली अध्यक्ष रहेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

    देउवा सरकारको उक्त निर्णयको विरोधमा देशभर एमाले निकट किसान तथा श्रमिक संगठनहरु आन्दोलित भएका छन् । देउवाले पूर्वाग्रह साँधेको भन्दै सरकारको विरोध हुँदैआएको छ ।

    यद्यपि भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि आफूहरुले गृहकार्य गरिरहेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवद्धता व्यक्त गरेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology