एजेन्सी । पाकिस्तानको प्रमुख टिभी च्यानल डन न्यूजको पर्दामा केही समयका लागि अचानक भारतीय झण्डा फहराएको छ । ह्याकरहरुले डन न्यूजको च्यानलमा 'ह्याप्पी इन्डिपेन्डेन्स डे' लेखेर भारतको झण्डा फहराएका थिए ।
उक्त च्यानलमा विज्ञापन बजिरहेको समयमा ह्याकरहरुले भारतीय झण्डा फहराए । त्यहीबेला बोल्ड अक्षरमा स्वतन्त्रता दिवसको खुसी पनि पर्दामा देखाइएको थियो । यस घटनाको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यो घटनाको भिडियो धेरै ट्विटर प्रयोगकर्ताहरूले पनि हेरेका छन् । केहीले यस भिडियोलाई ट्वीट पनि गरेका छन् । अर्कोतर्फ, डन न्यूजले एक विज्ञप्ति जारी गरेको छ ।
उसले भनेको छ, 'आइतवार अचानक भारतीय झण्डा डन न्यूजमा देखा पर्न थाल्यो र स्वतन्त्रता दिवसको खुशी पर्दामा देखा पर्यो । जुन केही समयसम्म रह्यो र त्यसपछि हरायो । हामी यो सबै कुराको अनुसन्धान गर्दैछौं ।'