Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारले यर्थाथपत्र सार्वजनिक गर्दै

सरकारले यर्थाथपत्र सार्वजनिक गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७८ मंगलवार • १२:१५:४७ बजे
  • 898
    SHARES
  • सरकारले यर्थाथपत्र सार्वजनिक गर्दै

    सरकारले आज मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यर्थाथपत्र सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा यर्थाथपत्र सार्वजनिक गर्न लागेका हुन्। प्रतिनिधिसभाको बैठक आज अपरान्ह् १ बजे बस्दैछ । बैठकमा अर्थमन्त्रीले यर्थाथपत्र सार्वजनिक गर्ने गरी समय माग गरेका छन् ।

    images

    सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले यर्थाथपत्र सार्वजनिक गर्नका लागि अर्थमन्त्रीले समय माग गरेको बताए। अर्थमन्त्री शर्माले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमका बारेमा जानकारी दिने उद्देश्यले यर्थाथपत्र ल्याउन लागेको यसअघि नै घोषणा गरिसकेका छन् ।

    उनले कोही कसैलाई आरोपित गर्नेभन्दा पनि मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा देश र जनतालाई जानकारी दिनु सरकारको दायित्व रहेको बताउँदै आएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि पहिलो पटक श्वेतपत्र नभनीकन यर्थाथपत्र सार्वजनिक गर्न लागिएको हो । यस्तै, आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलाे पटक संसदमा सम्बाेधन गर्न लागेका हुन् । साउन ३ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको बताइएको छ।

  • सम्बन्धित विषय:

  • # सरकार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology