Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

‘केपी ओली राजनेता होइनन्, भ्रष्टाचारका नाइके मात्रै हुन् :रमेशजंग रायमाझी

‘केपी ओली राजनेता होइनन्, भ्रष्टाचारका नाइके मात्रै हुन् :रमेशजंग रायमाझी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७८ मंगलवार • १४:२०:५२ बजे
  • 2.3K
    SHARES
  • ‘केपी ओली राजनेता होइनन्, भ्रष्टाचारका नाइके मात्रै हुन् :रमेशजंग रायमाझी

    राष्ट्रियसभा सांसद् रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेता मान्नै नसकिने बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद् रायमाझीले ओलीलाई भ्रष्टाचारका महान नायकको संज्ञा दिएका छन् । “केपी शर्मा ओली भ्रष्टाचारका महान नयाक हुन् ।

    images

    कांगेसले ओली सरकारलाई दुई वर्ष वर्षसम्म आँखा चिम्लेर समर्थन गरेको थियो, उनले भने,“तर, ओली सरकार पटक–पटक भ्रष्टाचारमा डुब्यो । कोभिडका बेला झन् ठूलो भ्रष्टाचार भयो । केपी शर्मा ओली भ्रष्टाचारको महान् नायकलाई तह लगाउन पाँच दलीय गठबन्धन बनेको हो ।” उनले ओलीका पालामा अरबौँ भ्रष्टाचार भएको पनि टिप्पणी गरे । “अरबौँ भ्रष्टाचार गर्ने केपी ओली राजनेता होइन्, भ्रष्टाचारका नाइके मात्रै हुन्,” उनले थपे,“उनी माफियासँग मिले, अरबौँको सरकारी सम्पत्ति व्यापारीलाई सुम्पिए । माफियाहरुसँग सरकारको संलग्नता हुन्छ ?” उनले कोभिड महामारीमा अरबौँ भ्रष्टाचार भएको भन्दै कारबाही माग गरे ।

    कोभिड महामारीमा स्वास्थ्य सामाग्री खरिदमा अरबौँ भ्रष्टाचार भएको छ । त्यसमा संलग्नलाई कारबाही होस्,” उनले भने,“गोकर्ण रिसोर्टमा अरबौँ रुपैयाँ भ्रष्टाचार भएको भन्दा मलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइयो । ओलीले यती होल्डिङलाई मुलुक जिम्मा लगाउने तयारीमा थिए तर उनले समय नपाएर मात्रै त्यो सम्भव नभएको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology