Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै विद्यार्थीहरुको प्रदर्शन

खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै विद्यार्थीहरुको प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७८ मंगलवार • १४:३०:१० बजे
  • 1.1K
    SHARES
  • खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै विद्यार्थीहरुको प्रदर्शन

    कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौंको बागबजारस्थीत पद्मकन्या क्याम्पसमा परिक्षा केन्द्र परेका बिद्यार्थीहरुले कोरोना महामारीको जोखिमका बीच पनि परीक्षा संचालन गरिएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले नो भ्याक्सीन नो इक्जाम भन्दै नारावाजी गरेका थिए ।

    images

    गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेश पत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । परिक्षा केन्द्रमा भौतिक दूरी कायम हुन नसकेको यसले गर्दा कोरोनाको जोखिमको खतरा भएको बिद्यार्थीहरुको भनाई छ ।

    कोरोनाका कारण राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परिक्षा स्थगन गरेपनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गरेको छ ।

  • सम्बन्धित विषय:

  • # खोप अनिवार्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology