Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीलाई बाबुरामको उत्तर–जो चोर उसको ठूलो स्वर !

ओलीलाई बाबुरामको उत्तर–जो चोर उसको ठूलो स्वर !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७८ मंगलवार • १८:१६:४७ बजे
  • 1.2K
    SHARES
  • ओलीलाई बाबुरामको उत्तर–जो चोर उसको ठूलो स्वर !

    सर्वोच्च अदालतको आदेशसँगै प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्रधानमन्त्रीबाट हटेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पहिलोपटक प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि खनिए ।

    images

    देउवालाई ‘केटाकेटी’ को संज्ञा दिंदै ओलीले सम्बोधनका क्रममा ‘देउवा सरकार दशैंमा केटाकेटी नाचेजस्तो नाचिरहयो’ भनेका थिए । ओलीले शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना हुँदा पनि केहि काम नभएको भन्दै सरकार र गठबन्धनको आलोचना गरेका थिए। ओलीको सम्बोधन सकिने वित्तिकै सामाजिक सञ्जाल ट्ीटरमा एक ट्वीट गर्दै सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले ओलीलाई राम्रै जवाफ फर्काए ।

    भट्टराई उखान टुक्का जोड्दै ओलीमाथि खनिएका हुन् । उनले ट्वीट गर्दै भनेका छन्–‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको ’ भन्दै ओलीमाथि कटाक्ष गरेका हुन् ।

    उनले ट्वीटमा भनेका छन्–‘भर्खरै आफ्नो कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उलंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठूलो स्वर !

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology