Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ नियुक्त, आज जिम्मेवारी सम्हाल्दै

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ नियुक्त, आज जिम्मेवारी सम्हाल्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७८ बुधवार • ०९:२९:३६ बजे
  • 1.4K
    SHARES
  • नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ नियुक्त, आज जिम्मेवारी सम्हाल्दै

    सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । तर, अहिलेसम्म सो निर्णय गोप्य राखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । सो निर्णय गोप्य नै राख्नुको कारण अहिलेसम्म बहाल रहेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको व्यवस्थापन रहेको स्रोतको भनाइ छ ।

    images

    मंगलबार नै घिसिङलाई नियुक्ति पत्र दिई पदस्थापन गर्ने तयारी गरिए पनि व्यवहारिक कठिनाइले पूरा नभएको बताइएको छ । उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद पेश गरेको प्रस्ताव अनुसार घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको स्रोतको भनाइ छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको स्रोतले बताएको छ । कार्यकारी निर्देशकले पाउने सेवा सुविधान नै दिने गरी शाक्यलाई सरुवा गरिएको बताइएको छ । घिसिङलाई बुधबार नियुक्तिपत्र दिई पदभार गराउने कार्यक्रम तय भएको विद्युत प्राधिकरण स्रोतले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology