Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सर्वोच्च अदालतको आदेश कुर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल

सर्वोच्च अदालतको आदेश कुर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७८ बुधवार • १२:५३:०६ बजे
  • 1.7K
    SHARES
  • सर्वोच्च अदालतको आदेश कुर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तत्काल पदबाट राजीनामा नदिने भएका छन् । बुधबार मुख्यमन्त्री निवासमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म राजीनामा नदिने निर्णय गरेको प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । ढकालले अदालतको फैसला आएपछि मात्रै राजीनामा दिने वा अविश्वासको प्रस्ताव सामना गर्ने भन्नेबारे निर्णय हुने बताए । आजै १ बजे विपक्षीले राखेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन आह्वान गरेका थिए ।

    images

    अधिवेशन संविधानविपरीत रहेकाले विशेष अधिवेशन फिर्ताको माग गर्दै सत्ता पक्ष एमालेका प्रदेश अध्यक्ष एवम् प्रदेशसभा सदस्य लिला गिरिले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले मंगलबार निवेदन हेर्न नभ्याइनेमा राखेपछि विपक्षी गठबन्धन अधिवेशनको तयारीमा जुटेका छन् ।

    सत्ता पक्षले विशेष अधिवेशनमा सहभागी नभए पनि प्रक्रिया अघि बढाउन विपक्षीले दवाव दिएका छन् । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामापछि ८० सदस्य मात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका गरी ४२ सांसद् छन् । सत्ता पक्ष नेकपा एमालेका ३८ जना मात्र छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology