Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७८ बुधवार • १६:०१:२३ बजे
  • 655
    SHARES
  • मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् । आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो । सोही बीचमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् ।

    images

    मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयले उक्त पत्र प्रदेशसभामा पनि पठाएको छ ।

     गत वैशाखदेखि विपक्षी गठबन्धनले शंकर पोखरेललाई हटाउनका लागि दवाव दिँदै आएका थिए । विपक्षी गठबन्धनले नेकपा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology