Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्राधिकरणमा ठूलो चुनौती स्वीकारेर आएको छु : कुलमान घिसिङ

प्राधिकरणमा ठूलो चुनौती स्वीकारेर आएको छु : कुलमान घिसिङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७८ बुधवार • १६:०४:४६ बजे
  • 1.2K
    SHARES
  • प्राधिकरणमा ठूलो चुनौती स्वीकारेर आएको छु : कुलमान घिसिङ

    नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले ठूलो चुनौती स्वीकारेर विद्युत् प्राधिकरणमा दोस्रोपटक नियुक्ति लिएर आएको बताएका छन् । बुधबार प्राधिकरणमा पदभार ग्रहण गरेका नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने,“दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु ।

    images

    यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।” विगतदेखि नै आम जनताले प्राधिकरणमा फेरि आएर नेतृत्व गर्न आफ्नो पक्षमा अभियान चलाएको स्मरण गर्दै घिसिङले सबैले आफूप्रति गरेको विश्वास कायम राख्न लागिपर्ने बताए । “मेरो व्यक्तिगन जीवनमा योभन्दा ठूलो चुनौती केही होइन,” उनले थपे,“यो चुनौती म एक्लैले सामना गर्न सक्ने होइन ।

    हामी सबै मिलेर गर्ने हो ।” घिसिङले आफूलाई सरकारले ४ वर्षका लागि नियुक्त गरेको र यसअघिकाक कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि ४ वर्षकै लागि ऊर्जा आयोगमा सम्मानजनक हैसियतमा पठाइएको बताए ।

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology