Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराइले राजीनामा दिए

रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराइले राजीनामा दिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७८ बुधवार • १६:०६:१० बजे
  • 1.1K
    SHARES
  • रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराइले राजीनामा दिए

    नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराइले राजीनामा दिएका छन् । बुधबार महाप्रबन्धक भट्टराईए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । राजीनामापछि उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरणको नाटक रचेको बताए ।

    images

    विभिन्न अवाञ्छित स्वार्थहरूको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरूको सहयात्री बन्न सकिन्न,’नैतिक मूल्य र मान्यताका आधारमा राजीनामा दिएको छु, उनले भने। पत्रमा उनले नियुक्ति लिएको दिनदेखि नै आफुले इमान्दारितापूर्वक काम गरेको र नेपाललाई रेल युगमा प्रवेश गर्न महत्वपूर्ण भूमिका निभाएको बताएका छन् ।

    यसअघि महाप्रबन्धक भट्टराईले स्पष्टीकरणको बिषयमा सरकारसंग भन्दा पनि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग आक्रोश पोखेका थिए।

  • सम्बन्धित विषय:

  • # गुरु भट्टराइ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology