म्याग्दी जिल्ला मंगला गा.पा वडा नम्बर ४ मा महिला सदस्य मन माया पुन चोचाङ्गेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।
एक हप्ता पहिला अध्यक्ष ओम बहादुर रोकाको मृत्यु भए पछि उक्त स्थान खाली रहेको थियो । रोका र पुन माओवादी केन्द्रका हुन । मन माया लामो समय देखि माओवादी केन्द्रमा सक्रिय रहेर राजनीति गर्नु भएको थियो ।
निर्वाचनमा महिला सदस्य बाट उम्मेद्बारी दिएर बिजय हुनु भएको थियो । वडाका अन्य सदस्यहरुले सहमतीमा उहाँलाई मनोनीत गरेका हुन ।