Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

महिना बितिसक्दासमेत देउवा सरकारले पूर्णता पाएन

महिना बितिसक्दासमेत देउवा सरकारले पूर्णता पाएन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७८ शुक्रवार • ११:०१:४६ बजे
  • 514
    SHARES
  • महिना बितिसक्दासमेत देउवा सरकारले पूर्णता पाएन

    प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको बिहीबार एक महिना पूरा भएको छ । सरकार गठन भएको एक महिना बितिसक्दासमेत अझै मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । यस अवधिमा प्रधानमन्त्री देउवाले पाँचजना मन्त्री नियुक्ति गर्नेबाहेक अन्य मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

    images

    सत्ता गठबन्धनले सरकारको न्यूनतम साझाकार्यक्रम सार्वजनिक गरेपनि महत्वपूर्ण मानिएको मन्त्रिमण्डलले भने पूर्णता पाउन सकेको छैन । मन्त्रालय भागवण्डामा गठबन्धन दलहरूबीच सहमति जुटे पनि सरकारमा सहभागी हुने विषयमा सत्तारूढ दलहरूबीच किचलो रहेको छ । प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिन चाहे पनि माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अझै मन्त्री छनोट गर्न सकेका छैनन् ।

    सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेसँगै मन्त्रिमण्डललाई पूर्णता दिने सत्तागठबन्धले तयारी गरे पनि आ–आफ्नो दलभित्रको किचलोको कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् । मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा प्रधानमन्त्री देउवाले आफ्नो निजी सचिवालयसमेत गठन गर्न सकेका छैनन् । मन्त्रिमण्डललाई पूर्णता दिन सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच दैनिकरूपमा वार्ता र छलफल हुने गरे पनि सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्री बन्न हानाथाप शुरू भएपछि मन्त्रिमण्डल विस्तारमा ढिलाई हुँदै आएको हो ।

    त्यसै गरी सरकारले कोभिड संक्रमणको दर बढिरहे पनि रोकथाम र नियन्त्रणको लागि प्रभावकारी कार्यक्रम अझै सार्वजनिक गर्न सकिरहेको छैन । समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology