Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भाजपा मण्डलाध्यक्ष जसवीर सिंहको घरमा ग्रिनेड हमला,भतिजको मृत्यु

भाजपा मण्डलाध्यक्ष जसवीर सिंहको घरमा ग्रिनेड हमला,भतिजको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २९, २०७८ शुक्रवार • १३:३१:४४ बजे
  • 1.3K
    SHARES
  • भाजपा मण्डलाध्यक्ष जसवीर सिंहको घरमा ग्रिनेड हमला,भतिजको मृत्यु

    एजेन्सी । स्वतन्त्रता दिवसको ठीक एक दिनअघि जम्मू–कश्मीरको राजौरी जिल्लामा भाजपा मण्डलाध्यक्ष जसवीर सिंहको घरमा ग्रिनेड हमला भएको छ । बिहीबार राति भएको यस हमलामा उनको भतिजको मृत्यु भएको छ । परिवारका अन्य सात सदस्य गम्भीर रुपमा घाइते भएका छन् । 

    images

    स्थानीय प्रहरीका अनुसार भाजपा नेताको घरको पहिलो तलाको बरन्डामा राति करिब साढे ९ बजे ग्रिनेड हमला भएको थियो । उनको घर खाँडली पुल नजिक रहेको छ । प्रारम्भिक जाँचमा प्रहरीलाई घटनास्थलबाट ग्रिनेडको पिन बरामद भएको छ ।

    घटनामा जसवीर सिंहसहित उनका भाइ बलवीर सिंह, आमा–बुवा र परिवारका अन्य सदस्य घाइते भएका छन् । हमलाको समय उनको पुरा परिवार बरन्डामा एकसाथ बसिरहेका थिए ।


    बीबीसी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology