Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायतको प्याइमाउथमा भएको गोलीकान्डमा हमलावर सहित ६ जनाको मृत्यु

बेलायतको प्याइमाउथमा भएको गोलीकान्डमा हमलावर सहित ६ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २९, २०७८ शुक्रवार • १३:४४:०० बजे
  • 571
    SHARES
  • बेलायतको प्याइमाउथमा भएको गोलीकान्डमा हमलावर सहित ६ जनाको मृत्यु

    एजेन्सी । बेलायतको प्याइमाउथमा भएको गोलीकान्डमा हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलायतको स्थानीय समयअनुसार साँझ ६ बजेर १० मिनेटमा किह्याम क्षेत्रमा गोलाबारीबारे प्रहरीले सूचना पाएका थिए ।प्रहरीका अनुसार घटनामा मारिनेमा ३ महिला, २ पुरुष र एक सन्दिग्ध रहेका छन् । सबै जनाको गोली प्रहारबाट मृत्यु भएको बताएका छन् ।

    images

    प्याइमाउथ सटन र डेभोनपोर्टका सांसद लुक पोलार्डले मारिने मध्ये एक १० वर्षभन्दा कम उमेरको बालिका रहेको बताएका छन् । डेभोन एन्ड कर्नवाल प्रहरीका अनुसार २ महिला र तीन पुरुषको घटनास्थलमा र एक महिलाको अस्पतालको उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    घटनाकी प्रत्यक्षदर्शी शारोनका अनुसार बन्दुकधारीले एउटा घरको ढोकामा लात्तीले हिर्काएर अन्धाधुन्ध गोली बर्साएका थिए । घरमा गोली हानेपछि उनी कुद्दै नजिकैको पार्कमा रहेका थप व्यक्तिहरूलाई गोली हानेका थिए ।

    बीबीसी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology