Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७८ शनिवार • १४:०१:४३ बजे
  • 697
    SHARES
  • पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

    नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ । शनिबारदेखि काठमाडौंको बत्तिसपुतलीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन पेस गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेका हुन् ।

    images

    मंसिर १५ मा सातै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गरेका हुन् । प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ ।

    असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology