Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वामदेव गौतमजस्तो अपमान सहन्न : माधव नेपाल

वामदेव गौतमजस्तो अपमान सहन्न : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७८ शनिवार • १४:०५:०२ बजे
  • 607
    SHARES
  • वामदेव गौतमजस्तो अपमान सहन्न : माधव नेपाल

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका छन् । शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका हुन् ।

    images

     दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावबाट जोगिँदै अघि बढ्नु नै अहिलेको आवश्यक्ता भएको प्रष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता नेपालले अहंकार, व्यक्तिवाद र विभिन्न स्वार्थ हावी भएकाले पार्टीभित्र समस्या आइपरेको बताए । ‘अहंकार, व्यक्तिवाद, स्वार्थ हावी भयो । विकृति विसंगति धेरै कुरामा देखापरे’, नेता नेपालले भने, ‘यो समस्याको समाधान गर्ने कि त्यहीभित्र छिर्ने भन्ने प्रश्न छ । त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनैपनि काम गरिँदैन, त्यसका विरुद्ध जुधिन्छ’ उनले अपमान सहेर पार्टी एकता गर्न नसकिने पनि बताए ।

    वामदेव कमरेडजस्तो अपमान भएर, अपमानित भएर त्यसपछि भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुने ? न रुन सकिने न हाँस्न सकिने ? त्यो अवस्थामा कोही पनि नपरून्’ नेता नेपालको भनाइ छ । उनले अन्तिम समयसम्म पनि आफु एकताको पक्षमा लागेको र त्यो सफल नहुने भएपछि असहज बाटो रोज्नुपर्ने अवस्थामा पुगेको पनि बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology