Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नुवाकोटमा एमसीसीले अधिग्रहण गरेको जग्गामा कब्जा

नुवाकोटमा एमसीसीले अधिग्रहण गरेको जग्गामा कब्जा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३०, २०७८ शनिवार • २२:०४:२४ बजे
  • 460
    SHARES
  • नुवाकोटमा एमसीसीले अधिग्रहण गरेको जग्गामा कब्जा

    एमसीसीका लागि अधिग्रहण गरिएको करिब ४ सय रोपनी जग्गामा राष्ट्रिय झण्डा गाडेर कब्जामा लिएको घोषणा गरेका छन् । नुवाकोटको बेलकोटगढी नपा वडा नं। ९ रातमाटेमा स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार अधिग्रहणस्थलमा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर सो स्थान कब्जा गरेको घोषणा गरिएको उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले जानकारी दिए । एमसीसीले सो जग्गामा कुनै पनि संरचना निर्माण गरेमा ध्वस्त गर्ने नेपालले चेतावनीसमेत दिए ।

    images

    शनिबार भएको प्रदर्शनमा ४ सय रोपनी जमीनमा नारा जुलुससहित एमसीसी चाहिँदैन, नेपाल आमा जिन्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद, आमन्त्रित हस्तक्षेप मुर्दावाद लगायतका नारा लगाइएका थिए । प्रदर्शनकै वीचमा सो स्थानमा राष्ट्रिय झण्डा गाडेर उक्त स्थानमा कुनै पनि संरचना निर्माण गर्न नदिने र निर्माण गरेमा तत्काल ध्वस्त गर्ने चेतावनीसमेत दिइएको थियो ।

    कार्यक्रममा एमसीसीले अधिग्रहण गरेको जग्गामा उक्त घोषणासहित झण्डा गाड्दै उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष तथा अधिवक्ता स्वागत नेपालले सो स्थानमा उप्रान्त एमसीसीको कुनै पनि संरचना निर्माण गरिएमा तत्काल ध्वस्त बनाइने चेतावनी दिए ।

    एमसीसीले सो स्थानमा जग्गा अधिग्रहण गरिएका व्यक्तिहरुलाई प्रलोभन, झुक्यान र डर धाक धम्की दिएर एमसीसी पक्षधर नेता र प्रशासकहरूले जमीन अधिग्रहण गरेको कारण उक्त स्थानमा राष्ट्रिय कृषि विश्वविद्यालय, अनुसन्धानशाला वा खेलकुद स्टेडियम निर्माण गरिनुपर्ने नेपालले बताए ।

    सो स्थानमा प्रतिकारका लागि उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले ५०० सदस्यीय एमसीसी प्रतिकार समिति पनि गठन गरेको घोषणा गरेको छ ।

    अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता नेपालको संसदबाट पारित नहुँदै कार्यान्वयनमा गइसकेको छ । यही क्रममा ट्रान्समिसन लाइन निर्माणका लागि नुवाकोटको बेलकोटगढीमा एमसीसी नेपालले जग्गा अधिग्रहण कार्य अघि बढाएको हो ।    

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology