Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाली काँग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गते गर्ने

नेपाली काँग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गते गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३०, २०७८ शनिवार • २२:०७:५१ बजे
  • 2.1K
    SHARES
  • नेपाली काँग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गते गर्ने

    काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गते गर्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गते महाधिवेशन गर्ने निर्णय गरेको  बताए ।

    images

    यसै गरी बैठकले भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने समय तोकिएको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने काँग्रेस बैठकले निर्णय गरेको छ ।

    वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते गर्ने काँग्रेसले निर्णय गरेको छ । 

    आसन्न भदौ १६ देखि १९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि काँग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology