Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गण्डकीमा एमालेले बनायो छायाँ सरकार,मोहनप्रसाद रेग्मी बने छायाँ मुख्यमन्त्री

गण्डकीमा एमालेले बनायो छायाँ सरकार,मोहनप्रसाद रेग्मी बने छायाँ मुख्यमन्त्री

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३१, २०७८ आइतवार • ०९:२३:३५ बजे
  • 823
    SHARES
  • गण्डकीमा एमालेले बनायो छायाँ सरकार,मोहनप्रसाद रेग्मी बने छायाँ मुख्यमन्त्री

    पोखरा । गण्डकी प्रदेशसभाको प्रमुख विपक्षी दल नेकपा एमालेले छायाँ सरकार गठन गरेको छ । प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले ९ सदस्यीय छायाँ सरकार बनाएको हो । सांसद मोहनप्रसाद रेग्मीको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् हेर्ने गरी समूह गठन गरिएको छ । उक्त समूहमा मायानाथ अधिकारी र मीना गुरुङ सदस्यका रुपमा भूमिका निर्वाह गर्ने पहारीले जानकारी दिए ।

    images

    स्त्यस्तै भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको जिम्मा पूर्वमन्त्री रामशरण बस्नेत छन् । उक्त समूहमा रोशन गाहा मगर र प्रभा कोइराला सदस्य छन् । उद्योग, पर्यटन, वन तथा वातावरण समूहको नेतृत्व पूर्वमन्त्री विकास लम्सालले गर्ने भएका छन् । उनको समूहमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य छन् ।

    त्यस्तै, सामाजिक विकास समूहको जिम्मा पूर्वमन्त्री नरदेवी पुनमगरले सम्हाल्ने छिन् । उनको समूहमा सांसद जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य छन् । सांसद चन्द्रमोहन गौचनको संयोजकत्वमा बनेको कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूहमा पुष्पा केसी भण्डारी सदस्य छिन् ।

    अर्थ समूहको संयोजकमा इन्द्रलाल सापकोटा छन् । अर्थ समूहमा सांसद कृष्णबहादुर थापा सदस्य छन् । भूमि, व्यवस्था, कृषि समूहको संयोजकमा मित्रकुमारी गुरुङ छिन् । उनको समूहमा सांसद मनबहादुर गुरुङ, महेन्द्र थकाली सदस्य छन् ।

    सांसद मीनप्रसाद गुरुङको नेतृत्वमा बनेको ऊर्जा, खानेपानी समूह गठन भएको छ । उक्त समूहका सदस्यमा सांसद धनञ्जय दवाडी छन् । पहारी नेतृत्वको युवा, खेलकुद तथा स्वास्थ्य समूहमा सदस्य जुनादेवी नेपाली र सावित्रा रानामगर छन् ।

    नयाँ सरकार गठन भएको लामो समयसम्म प्रभावकारी रुपमा काम गर्न नसकेकोले छायाँ सरकार गठन गर्नु परेको एमालेका एक नेताले बताए । 

  • सम्बन्धित विषय:

  • # छायाँ सरकार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology