Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प ,३०४ जनाको मृत्यु १८०० जना घाइते,आपतकाल घोषणा

हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प ,३०४ जनाको मृत्यु १८०० जना घाइते,आपतकाल घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३१, २०७८ आइतवार • ०९:२६:४१ बजे
  • 1.3K
    SHARES
  • हाइटीमा  ७.२ म्याग्निच्युटको भूकम्प ,३०४ जनाको मृत्यु १८०० जना घाइते,आपतकाल घोषणा

    एजेन्सी । शनिबार बिहान हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् । स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो ।

    images

    त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

    भुकम्पको इपिसेन्टर सेन्ट-लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो ।

    सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट तंगि्रदै गएको बेला हाइटी फेरि अर्को भूकम्पको मारमा परेको बीबीसीले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले भूकम्पबाट प्रभावित हाइटीमा तत्काल राहत सहयोग गर्न यूएसआइडीलाई भनेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology