Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिस डाँडामा सुरु

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिस डाँडामा सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७८ आइतवार • १०:२८:०५ बजे
  • 898
    SHARES
  • नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिस डाँडामा सुरु

    सत्ता गठबन्धनमध्येको दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिस डाँडामा सुरु भएको छ । बैठकमा हिजो बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

    images

    आजको स्थायी समिति बैठकमा पार्टीको विधान र नेताहरुको कार्यविभाजनबारे पनि छलफल हुने केन्द्रीय सदस्य राजकाजी गुरुङ करणले जानकारी दिए । त्यसैगरी आज विहान ११ बजेदेखि केन्द्रीय समितिको बैठक बस्दैछ ।

    आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ । यसअघि शनिवार बसेको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । शनिवारको बैठकमा समूहगत छलफलका लागि ८ वटा समूह बनाइएका छन् । प्रतिवेदनमा अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology